Skip

Hamro Sanchar

विपक्षीको अबरोधपछि प्रतिनिधिसभा बैठक स्थगित, अब कहिले बस्छ ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १९ गते


१९ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक यही जेठ २५ गतेसम्मका निम्ति स्थगन गरिएको छ ।

आज पनि विपक्षी दलको अवरोध जारी रहेपछि सभामुख डोलप्रसाद अर्यालले जेठ २५ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगन गरेका हुन् ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल–भारत सीमाबारे दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने विपक्षीको माग छ ।

आइतबार (जेठ १७)प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्ति सच्याउनुपर्ने वा प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग राख्दै विपक्षीले बैठक अवरोध गरे । वेलमा पुगेर उनीहरूले नाराबाजी समेत गरे ।

त्यसपछि सभामुखले बैठक स्थगन गरेका हुन् । यही विषयमा विपक्षी अडानका कारण सोमबार (जेठ १८) पनि संसद् बैठक बस्न सकेको थिएन ।


प्रतिकृया दिनुहोस्