
१९ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भाजपा अध्यक्ष नितिन नवीनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने भएका छन् ।
भारतीय जनता पार्टीको निमन्त्रणामा सोमबार भारत पुगेका उनले आज नवीनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने भएका हुन् ।
भेटवार्ता दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणलगायत विषयमा केन्द्रित हुनेछ ।






























