Skip

Hamro Sanchar

वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १९ गते


१९ जेठ, काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् ।

उनी पर्साको ठोरीबाट पक्राउ परेको मधेश प्रदेशका डीआईजी गोविन्द थपलियाले जानकारी दिएका छन्।

जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिन पछि सिंह पक्राउ परेका हुन्।

मेयर सिंहले अर्काकी छोरीलाई आफ्नो भनी जन्मदर्ता गरेको, सोही आधारमा नागरिकता र राहदानी बनाएर विदेश पठाएको आरोप छ।

जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धानपछि मेयर सिंहसहित चार जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो।

अदालतले उनीहरूविरुद्ध सातदिने र ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो।

अदालतले पक्राउको अनुमति दिएपछि एकदिन अदालतमा उपस्थित भएपछि उनी फरार भएका थिए।


प्रतिकृया दिनुहोस्