
१८ जेठ, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा मागेको छ ।
नेपालले पनि भारतीय भूमि मिचेको छ भनी संसदमा अभिव्यक्ति दिएर प्रधानमन्त्रले राष्ट्रहितविपरीत काम गरेको भन्दै एमालेले शाहलाई मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।
एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहको अभिव्यक्तिको भर्त्सनासमेत गरिएको छ।
प्रधानमन्त्री बालेन्द्रले उक्त अभिव्यक्ति दिएपछि चौतर्फी बिरोध भएको छ ।































