Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्रीले संसद्‌मा माफी माग्नुपर्नेमा विपक्षीको एक मत, बैठक अवरुद्ध गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १८ गते


Advertisement

१८ जेठ, काठमाडौं । विपक्षी दलले प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपाल पनि भारतको जमिन मिचेको’ भनेर दिएको अभिव्यक्तिको कडा विरोध गरेका छन् ।

अभिव्यक्तिका लागि प्रधानमन्त्री शाहले संसद्मा आएर माफी माग्नुपर्ने उनिहरुको निश्कर्ष छ।

आज बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्री शाहको भनाइमाथि छलफल गरेको थियो। झण्डै एक घण्टा बसेको बैठकमा प्रधानमन्त्री शाहको भनाइ गलत रहेको निर्क्योल गरेको हो।

यसका लागि प्रधानमन्त्री शाले संसद्मै आएर माफी माग्नुपर्ने निर्णय भएको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिएका छन्।

उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने पनि निर्णय गरेका छन् ।

साथै  विपक्षी दलले आज पनि संसद् अवरुद्ध गर्ने भएका छन्। उनीहरूले आफ्ना माग पूरा नभएमा संसद् अवरुद्ध गर्ने निर्णय गरेका छन्।


प्रतिकृया दिनुहोस्