Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रवि लामिछाने दिउँसो साढे १ बजे दिल्ली उड्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १८ गते


Advertisement

१८ जेठ, काठमाडौं । भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा जान लागेका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज दिउँसो काठमाडौँबाट त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।

सभापति लामिछाने आज दिउँसो १:३० बजे नेपाल एयरलाइन्सको विमानबाट दिल्ली उड्ने उनको सचिवालयले जानकारी दिएको छ।

भारत भ्रमण टोलीमा रविसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य पनि हुने छन्।

रास्वपाले आइतबार राति जारी गरेको विज्ञप्तिअनुसार रविले आज जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमण गर्नेछन्।

सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने जानकारी रास्वपा प्रवक्ता मनीष झाले दिएका छन्।

साथै रविले भाजपाका शीर्ष नेतासँग छलफल गर्नेछन् भने भारतमा बसोबास गरिरहेका नेपाली र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट पनि गर्नेछन्।

यसबिच रवि व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ।

यसैबिच भाजपाले पनि आइतबारै विज्ञप्ति जारी गरी रविको भारत भ्रमणबारे जानकारी गराएको छ।


प्रतिकृया दिनुहोस्