
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ ।
दिउँसो १ बजे सुरु हुने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३र०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।
अर्थमन्त्री वाग्लले छलफलका लागि प्रस्ताव गरेसँगै बजेटमाथिको छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको थियो ।





























