Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपालले भारतको सीमा मिचेको भन्ने बालेनको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण : कमल थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १७ गते


Advertisement

१७ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नेपालले पनि भारतको सीमा मिचेको छु भन्ने अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्।

सामाजिक सञ्जाल फेसकुमार्फत थापाले बालेनको यो भनाइलाई गैरजिम्मेवारपूर्णु र तथ्यहीन भन्दै तत्काल सच्याउन आग्रह गरेका हुन्।

थापाले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, केही स्थानमा सीमा विवाद हुनु बेग्लै कुरा हो, तर नेपालले भारतको सीमा मिचेको वा अतिक्रमण गरेको छैन। नेपाल छिमेकीको सीमा मिच्नु हुँदैन भन्ने मान्यतामा अडिग छ।

उनले यदि प्रधानमन्त्री शाह आफ्नो भनाइमा विश्वस्त छन् भने कुन ठाउँमा सीमा मिचिएको हो, प्रमाणसहित जनतालाई स्पष्ट पार्नुपर्ने र गल्ती सच्याएर ससम्मान भूमि फिर्ता गर्नुपर्ने चुनौती दिएका छन्।

थापाले भारतले समेत आजसम्म नेपालले सीमा मिचेको आरोप नलगाएको अवस्थामा यस्तो तथ्यहीन अभिव्यक्ति दिनु सर्वथा उपयुक्त नहुने बताएका छन्।

उनले नेपाल कुनै पनि छिमेकीको सीमा अतिक्रमण नगर्ने र अरूले हाम्रो भूमि अतिक्रमण गरेको पनि सहन नसक्ने स्पष्ट पारेका छन्।

लिम्पियाधुरा, कालापानी, लिपुलेख र सुस्ता क्षेत्रमा भारतले नेपालको भूमि अतिक्रमण गरेको विषयमा देशव्यापी बहस चलिरहेका बेला प्रधानमन्त्री शाहको यस्तो अभिव्यक्तिले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामाथि सम्झौता हुन नसक्ने थापाको भनाइ छ।

उनले देश र जनताले ठूलो भरोसा गरेका बालेनबाट यस्तो हलुका र आपत्तिजनक मन्तव्य आउनु दुःखद भएको उल्लेख गर्दै तत्काल सच्याउन माग गरेका छन्।

 


प्रतिकृया दिनुहोस्