Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

वालेन्द्रलाइ एकछिन पनि प्रधानमन्त्री पदमा बस्ने अधिकार छैन : भीम रावल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १७ गते


Advertisement

१७ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सिमाको
विषयलाई लिएर दिएको अभिव्यक्ति विवादमा परेको छ।

शाहले आफू प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको भुमि मिचेको थाहा पाएको बताएपछि अहिले उनको चौतर्फी बिरोध भएको छ ।

यसैक्रम्मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले प्रधानमन्त्री वालेन्द्र शाहलाई एकछिन पनि प्रधानमन्त्री पदमा बस्ने अधिकार नभएको टिप्पणी गरेका छन्।

‘प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएँ’ भन्ने जस्तो अत्यन्त आपत्तिजनक कुरा भन्नु भएछ’, रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भू–भाग मिचेको छ भन्ने भुट्टा कुरा संसदमा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार हुँदैन ।’

रावलले प्रधानमन्त्री शाहलाई आफ्नो भनाइलाई पुष्टि गर्नसमेत चेतावनी दिएका छन् । साथै, यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति र सो पार्टीका सांसदहरूले पनि जवाफ दिनुपर्ने उनको माग छ ।

 


प्रतिकृया दिनुहोस्