
१७ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालको स्वास्थ्यमा केही सुधार आएको छ ।
निमोनियाको लक्षण देखिएपछि शनिबार ललितपुरस्थित मेडिसीटी अस्पताल भर्ना भएका प्रचण्डको स्वास्थ्यमा सुधार आएको नेकपा पार्टी कार्यालयका सचिव गोविन्द आचार्यले जानकारी दिए ।
प्रचण्डको स्वास्थ्यमा असहज भएपछि शनिबार अस्पताल भर्ना भएका हुन् । स्वास्थ्यमा सुधार आएपनि दाहाल केहि दिने अस्पताल मै रहने छन् ।




























