Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बालेन सरकारलाई कमल थापाको सुझाव : विद्युत र शिक्षामा कर घटाउ, सुर्तीमा बढाउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १७ गते


Advertisement

१७ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमा समावेश गरिएका केही कर नीतिहरूको आलोचना गरेका छन।

उनले मासिक ५० युनिटभन्दा माथि विद्युत खपतमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट), शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर, र विद्युतीय गाडीमा बढाइएको करलाई गलत कदम भन्दै सरकारलाई सच्याउन आग्रह गरेका छन् ।

थापाले सुर्तिजन्य पदार्थमा भने अझै थप कर लगाउनुपर्नेमा जोड दिएका छन।

थापाले आफ्नो फेसबुकमार्फत सरकारको नीतिगत निर्णयमाथि प्रश्न उठाएका हुन्।

जनतालाई प्रत्यक्ष असर पार्ने यस्ता करहरूले आर्थिक भार बढाउने र दीर्घकालमा नकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।


प्रतिकृया दिनुहोस्