Skip

Hamro Sanchar

पूर्वअर्थराज्यमन्त्री राणाको टिप्पणी : बजेट अत्यधिक महत्त्वाकाङ्क्षी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १६ गते


१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणाले बालेन सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट अत्यधिक महत्त्वाकाङ्क्षी भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले बजेटको आकार चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा करिब २५ प्रतिशतले बढाइएको उल्लेख गर्दै ऋण र पूर्वाधार खर्चबीच सन्तुलन नमिलेको टिप्पणी गरेका हुन् ।

सरकारले ठूलो मात्रामा आन्तरिक तथा वैदेशिक ऋण उठाउने लक्ष्य राखे पनि त्यसअनुसार पूर्वाधार क्षेत्रमा पर्याप्त बजेट विनियोजन नभएको उनको भनाइ छ।

राणाले ऋण उत्पादक क्षेत्रमा खर्च नभए भविष्यमा ऋण व्यवस्थापन थप चुनौतीपूर्ण बन्न सक्ने चेतावनी दिए।

साथै बजेटमा गरिबी न्यूनीकरण, विपन्न वर्गको उत्थान, युवा स्वरोजगारी र स्टार्टअप प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रम नदेखिएको उनको धारणा छ।

उनले सरकारले राखेको ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्नसमेत कठिन हुने बताएका छन्।

 


प्रतिकृया दिनुहोस्