
१५ जेठ, काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ५ हजार ६ सय रुपैयाँ र चाँदी १७५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ६ सय रुपैयाँ र सेतो धातुको मूल्य पाँच हजार ४० कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८५ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ८६५ रुपैयाँ कायम भएको थियो ।
गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार ५ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ८० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५ सय र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




























