Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राजदूत नियुक्तिमा खुला प्रतिस्पर्धाको सोच त्रुटीपूर्ण : कमल थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १५ गते


Advertisement

१५ जेठ, काठमाडौं । पूर्व परराष्ट्र मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले राजदूत नियुक्तिमा खुला प्रतिस्पर्धा गर्ने सरकारको सोचप्रति आपत्ति जनाएका छन्।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले राजदूत पद कुनै व्यावसायिक संस्था वा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)जस्तो नभएको उल्लेख गरेका छन् ।

उनले राजदूत जस्तो संवेदनशील पदमा खुला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्ने प्रक्रिया उपयुक्त नहुने तर्क गरेका छन्।

राजदूत पद व्यावसायिक संस्था वा बैंकिङ क्षेत्रको प्रमुख कार्यकारी अधिकृत ( Ceo) जस्तो होइन। त्यसैले, यो पदको नियुक्ति खुला प्रतिस्पर्धाका आधारमा गर्ने सोच उपयुक्त मान्न सकिँदैन, थापाले लेखेका छन्।

थापाले योग्य र सक्षम व्यक्तिहरूको रोस्ट तयार गरी कुनै पनि पूर्वाग्रहविना नियुक्ति गरिनुपर्नेमा जोड समेत दिएका छन्।

विशेष गरी भारत, चीन र अमेरिका जस्ता रणनीतिक महत्त्वका मुलुकहरूमा खुला प्रतिस्पर्धाबाट राजदूत छनोट गर्ने कार्य त्रुटीपूर्ण हुने उनको दाबी छ।

बालेन सरकारले पहिलो पटक राजदूत नियुक्तिमा खुला प्रतिस्पर्धाको अवधारणा अगाडि सारेको सन्दर्भमा कूटनीतिक क्षेत्रका जानकारहरू र राजनीतिक नेतृत्वबीच यो विषय अहिले बहसको केन्द्र बनेको छ।

 

 

 


प्रतिकृया दिनुहोस्