Skip

Hamro Sanchar

एकैदिन तोलामा ५५ सय रुपैयाले घट्यो सुनको मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १४ गते


१४ जेठ, काठमाडौं । लगातार ओरोलो लागेको सुनको मूल्य एकैदिन तोलामा ६ हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ८५ हजार रुपैयाँ कायम छ । बुधबार (जेठ १३) छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

सुनको मूल्य तोलाको एक समय तीन लाख ४० हजार रुपैयाँ पुगिसकेको थियो । तर, घट्दै दुई लाख ८५ हजारमा झरेको हो ।

चाँदीको मूल्य पनि तोलामा २१५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला चार हजार ८६५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार ८० रुपैयाँमा कारोबार भएको थियो


प्रतिकृया दिनुहोस्