Skip

Hamro Sanchar

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व उठ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १४ गते


१४ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ५५ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।

यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५०२ रुपैयाँ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८३, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १९२, संकेत बत्ती उल्लंघनकर्ता १०९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०२ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४६, निषेधित क्षेत्रमा हर्न बजाउने १०३, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ११२, एकतर्फी सडकमा सवारी चलाउने ८५ र अन्य सवारी नियम पालना नगरेका एक हजार १२३ जनालाई कारबाही गरिएको हो ।


प्रतिकृया दिनुहोस्