Skip

Hamro Sanchar

वरुण निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन खुला हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १४ गते


Advertisement

१४ जेठ, काठमाडौँ । सङ्खुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जले आगामी जेठ २५ गतेदेखि बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन खुला गर्ने भएको छ।

निकुञ्ज कार्यालयका सूचना अधिकारी संस्कार सुवेदीले जेठ २५ देखि एक महिनासम्मका लागि यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिइएको जानकारी दिए। उनका अनुसार यस निकुञ्ज क्षेत्रमा दुई प्रजातिका यार्सागुम्बा पाइने गरेका छन्।

यार्सागुम्बा सङ्कलनका लागि निकुञ्ज कार्यालय हेदाङनागढी, हटिया सेक्टर कार्यालय ९भोटखोला गाउँपालिका–३०, सेदुवा सेक्टर कार्यालय ९मकालु–२०, गोला पोष्ट ९भोटखोला–४०, ताम्कू सेक्टर कार्यालय ९सिलिचोङ–३०, बुङ सेक्टर कार्यालय ९महाकुलुङ–१ बुङ, सोलुखुम्बु० र छेस्काम रेञ्पोष्ट ९महाकुलुङ–३ सोलुखुम्बु० मार्फत पुर्जी वितरणको व्यवस्था मिलाइएको छ। अनुमति लिएका व्यक्ति वा समूहले जेठ २५ गतेदेखि असार २५ गतेसम्म यार्सा सङ्कलन गर्न पाउने छन्।

यार्सागुम्बा सङ्कलन गर्न जाँदा सङ्कलन पुर्जी, प्राथमिक उपचार सामग्री तथा औषधि, खाना पकाउनका लागि ग्याँस वा स्टोभ, र बस्नका लागि त्रिपाल जस्ता सामग्री लैजान अनुमति दिइएको छ। तर, सङ्कलनका क्रममा विस्फोटक पदार्थ, खुकुरी, चक्कु, डोरी, पासो, भाला, गुलेली, लाउड स्पिकर, र ड्रमसेट जस्ता सामग्री लैजान पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका तथा सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रमा पर्ने मकालु वरुण निकुञ्जका हिमाली भागहरूमा यार्सागुम्बा पाइने गर्दछ। यो जडीबुटी उच्च हिमाली क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोत हो, जसलाई बेचेर स्थानीयले वर्षभरिको घरखर्च र बालबच्चा पढाउने खर्च जुटाउने गर्छन्।

निकुञ्ज कार्यालयले सङ्कलनकर्ताहरूको क्षेत्रका आधारमा फरक-फरक प्रवेश शुल्क तोकेको छ। मध्यवर्ती क्षेत्रभित्रका स्थानीयका लागि पाँच हजार, मध्यवर्ती क्षेत्र बाहिरका सङ्खुवासभा र सोलुखुम्बुका बासिन्दाका लागि दुई हजार, उक्त दुई जिल्ला भन्दा बाहिरका नागरिकका लागि तीन हजार तोकिएको छ ।


प्रतिकृया दिनुहोस्