Skip

Hamro Sanchar

रवि लामिछानेले काठमाडौं अदालतमा पुगेर तारिख बुझे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १३ गते


१३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नियमित तारिखका निम्ति काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । आज तारिख बुझ्न उनी अदालत पुगेका हुन् ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनको आफूविरुद्धको विचाराधीन मुद्दामा तारिख बुझ्न उनी सहकर्मीसहित अदालतको फाँटमा पुगेका थिए ।

स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा उनी यसअघि ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

उनको अर्को तारिख आउँदो असार ११ गतेका निम्ति तय भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए


प्रतिकृया दिनुहोस्