
१३ जेठ, काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठन गरिएको सिफारिस समितिले आवेदन आह्वान गरेको छ।
अर्थ मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार प्रचलित कानुनबमोजिम योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन पेश गर्नुपर्ने जनाइएको छ ।
आवेदन अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार काठमाडौंमा बुझाउनुपर्नेछ । साथै, आवेदनसँगै व्यक्तिगत विवरणसमेत संलग्न गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
बीमा ऐन २०७९ को दफा ८ ९१० बमोजिमको योग्यता अर्थात् तोकिएको विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कम्तीमा ५ वर्ष उच्च व्यवस्थापकीय अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् । सम्बन्धित थप विवरण अर्थ मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ।



























