Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्री बालेनले युरोपेली संघका प्रतिनिधिसँग गरे सामूहिक भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १२ गते


Advertisement

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले युरोपेली संघ (इयु)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री शाहले आज सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूसँग सामूहिक भेट गरेका हुन्।

भेटमा नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक छलफल गरेका थिए ।


प्रतिकृया दिनुहोस्