Skip

Hamro Sanchar

८ दिनमा रिहा भए दुर्गा प्रसाईं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १२ गते


१२ जेठ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं ८ दिनमा रिहा भएका छन् ।

पर्सा अदालतको आदेशपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले बताए ।

अदालतको आदेश अनुसार उनलाई साधारण तारेखमा रिहा गरिएको हो । प्रहरीले उनलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।

उनी केही दिनअघि मात्रै वीरगञ्जको होटल दियालोबाट पक्राउ परेका थिए ।


प्रतिकृया दिनुहोस्