Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेन्द्रले आज कूटनीतिज्ञसँग छलफल गर्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १२ गते


१२ जेठ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज युरोपेली सङ्घ (इयु) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री शाहले आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको हो ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुने छ ।

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए ।


प्रतिकृया दिनुहोस्