Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सदस्यता अद्यावधिक गर्न कांग्रेसले सातै प्रदेशमा खटायो केन्द्रीय नेता, कोलाई कहाँ पठायो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ११ गते


Advertisement

११ जेठ, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई गति दिन सात वटै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई खटाउने निर्णय गरेको छ।

कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सातै प्रदेशमा कमाण्डर तोकेको छ। समितिका सभापति प्रदीप पौडेलको सभापतित्वमा बसेको बैठकले केन्द्रीय नेतालाई प्रदेशमा खटाउने निर्णय गरेको हो। बैठकमा कांग्रेस सभापति गगन थापा पनि सहभागी थिए।

कांग्रेसले कोसीमा डा.डिला संग्रौला, मधेसमा देवराज चालिसे, बागमतीमा बहादुरसिंह लामा, गण्डकीमा मुक्ताकुमारी यादव, लुम्बिनीमा अमरसिंह पुन, कर्णालीमा जानकी सिंह र सुदूरपश्चिममा उदय शमशेर राणालाई खटाएको छ।

उनीहरूलाई विशेष जिम्मेवारीसहित प्रदेशमा खटाइएको कांग्रेसका कार्यवाहक कार्यालय सचिव कृष्णप्रसाद दुललाले जनाएका छन् ।


प्रतिकृया दिनुहोस्