Skip

Hamro Sanchar

मनीष कोइराला तरुण दलको अध्यक्षमा मनोनीत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १० गते


१० जेठ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अध्यक्षमा मनीष कोइराला मनोनीत भएका छन्।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ को बैठकको निर्णय अनुसार पार्टी सभापति गगन थापाले कोइरालालाई अध्यक्षमा मनोनीत गरेका मुख्यसचिव कृष्णप्रसाद दुलालले जनाएका छन्।

सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ४२ (१)(च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको तरूण दलको अध्यक्षमा मनीष कोइराला (काठमाडौँ)लाई नियुक्त गरेका हुन्।

उनलाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ९ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गरिएको कांग्रेसले जनाएको छ ।


प्रतिकृया दिनुहोस्