Skip

Hamro Sanchar

काँग्रेस देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा सुरु, को-को नेता छन् ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १० गते


१० जेठ, काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट समूहले सुदूरपश्चिम केन्द्रित प्रदेशस्तरीय भेला सुरु गरेको छ ।

धनगढीस्थित सौराई स्क्वायरमा आयोजना गरिएको कार्यक्रममा पार्टीभित्र एकता सुदृढीकरण तथा संगठन पुनर्जागरणलाई मुख्य विषय बनाइएको जनाइएको छ ।

भेलास्थलमा ‘नेपाली काँग्रेसको बृहत्तर एकता र पुनर्जागरणका लागि सुदूरपश्चिम प्रदेशस्तरीय भेला’ उल्लेख गरिएको ब्यानर राखिएको छ ।

कार्यक्रममा रमेश लेखक, एनपी साउद, वीरबहादुर बलायर, मोहन बस्नेत तथा केदार कार्की लगायत काँग्रेसका नेताहरूको उपस्थिति रहेको छ ।

भेलामा पार्टीको आन्तरिक एकता, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने जनाइएको छ ।


प्रतिकृया दिनुहोस्