
१० जेठ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् ।
दुईदिने औपचारिक भ्रमणका लागि उनी आगामी जुन १ मा भारत जाने भएका हुन् ।
भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुने भ्रमण जुन १ र २ तारिखसम्म चल्ने स्रोतले जनाएको छ ।
भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी, भारतीय विदेशमन्त्री एस जय शंकर तथा भारतीय विदेश सचिव गौतम मिश्री लगायत उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।
भारत सरकारका अन्य मन्त्री तथा उच्च अधिकारीसँग समेत उनको भेट तय गरिएको स्रोतको दाबी छ ।





























