Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

केपी ओलिको अडान : कुनै पनि हालतमा पद छोड्दिनँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ९ गते


Advertisement

९ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले कुनै पनि हालतमा पद नछाड्ने अडान लिएका छन् ।

ओलीले आफ्नाविरुद्ध जति गतिविधि भए पनि पद नछाड्ने प्रष्ट जवाफ दिएका हुन्।

ओली निवास भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकमा आज महासचिव शंकर पोखरेलसहित नेताहरूले चुनावी परिणामलगायतका विषयलाई लिएर पार्टी पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए।

उनीहरूले अब ओलीको नेतृत्वमा एमाले चल्न नसक्ने भन्दै मार्गप्रशस्त गर्न आग्रह गरेका थिए।

नेताहरूले पार्टी पुनर्गठन र मार्गप्रशस्तको कुरा गरेपछि अध्यक्ष ओली आक्रामक रुपमा प्रस्तुत भएको एक पदाधिकारीले बताए। उनले एमाले नेतृत्व नछोड्ने बताए।

पार्टीभित्र भइरहेका गतिविधि आफूले नियाली रहेको ओलीको भनाइ थियो। उनले दोहोर्‍याएरै भने, ‘म छोड्दिनँ।’

एमाले सचिवालय बैठकमा बोलेका नेताहरूमध्ये शुक्रबार उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ मात्रै ओलीको पक्षमा उभिएका थिए। त्यस्तै, शनिबार सचिव महेश बस्नेतसहित दुई जना सचिव मात्रै ओलीको पक्षमा बोले।

एमाले प्रवक्तासमेत रहेका उपमहासचिव लेखराज भट्टले बीच-बीचको धारण राखेको एक पदाधिकारीले बताए। अन्य उपाध्यक्ष, उपमहासचिव र सचिव भने ओलीको विपक्षमा उभिएका छन्। उनीहरू ओली अध्यक्षबाट राजीनामा दिनुपर्ने धारणा राखेका छन्।

 

 


प्रतिकृया दिनुहोस्