Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ओलिलाइ नेतृत्व छाड्न चर्को दबाब : शंकर पनि विपक्षमा उभिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ९ गते


Advertisement

९ जेठ, काठमाडौं । केपी शर्मा ओलिलाइ नेकपा एमालेको अध्यक्ष पद छोड्न चर्को दबाब परेको छ । पार्टीका धेरै नेताहरूले नेतृत्व परिवर्तनको विषयलाई जोड तोडका साथ उठाएका छन् ।

यसैक्रममा ओलिका प्रिय पात्र मानिने (एमाले)महासचिव शंकर पोखरेल पनि अध्यक्ष ओलीको विपक्षमा उभिएका छन्।

आज एमाले केन्द्रीय सचिवालय बैठकमा बोल्दै महासचिव पोखरेलले पनि ओलीलाई मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिएका हुन् ।

यथास्थितिमा अगाडि बढ्न नसकिने उनको भनाइ रहेको सचिवालय बैठकमा सहभागी एक पदाधिकारीले बताए।

महासचिव पोखरेलले पनि पार्टी पुनर्गठन गर्नुपर्ने बताएका छन्।

दुई दिनदेखि जारी एमाले सचिवालय बैठकमा आज महासचिव र उपमहासचिवहरूले बोलेका थिए। बहुमत उपमहासचिवहरू पनि ओलीको विपक्षमै बोलेको जनाइएको छ।

यसअघि शुक्रबार उपाध्यक्षहरूले बोलेका थिए। पाँच जना उपाध्यक्षमध्ये चार जनाले ओलीको राजीनामा मागेका थिए।

एमाले प्रवक्ता लेखराज भट्टले शनिबार नौ जना पदाधिकारीले आफ्नो धारणा राखेको बताए। अझै सचिवहरूले बोल्न बाँकी छ।

आइतबार बिहान साढे ११ बजे केन्द्रीय सचिवालय बैठक बस्ने प्रवक्ता भट्टले जानकारी दिए। आइतबारको बैठकमा सचिवहरूले बोल्नेछन्। त्यसपछि अध्यक्ष ओलीले बोल्ने कार्यतालिका छ।


प्रतिकृया दिनुहोस्