Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आत्मसमीक्षा र पुनर्गठन रोक्न खोज्नु अधोगति निम्त्याउनु हाे : ईश्वर पोखरेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ९ गते


Advertisement

९ जेठ, काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले आत्मसमीक्षा र पुनर्गठन रोक्न खोज्नु अधोगति निम्त्याउनु रहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै नेता पोखरेलले आत्मसमीक्षा र पुनर्गठनबाट मात्रै पार्टी अगाडि बढ्न सक्ने भन्दै यस्तो बताएका हुन् ।

उनले लेखेका छन् यबेला नेकपा (एमाले)आत्मसमीक्षा र पुनर्गठनको बाटो बाट मात्र अगाडि बढ्न सक्छ ! जुनसुकै बहानामा यसलाई रोक्न खोज्नु अधोगति निम्त्याउनु हो,’ उनले भनेका छन्।

शुक्रबारदेखि सुरू भएको एमाले सचिवालय बैठकमा पनि नेताहरूले पार्टी पुनर्गठनको विषय उठाएका छन्।

अध्यक्ष ओलीले भने पार्टी नेतृत्व संकटमा परेको बेलामा पुनर्गठनको अभियान चलाएको भन्दै आक्रोश पोखेका थिए।

त्यस्ता ‍अभियान चलाउनेहरूलाई कारबाही गर्ने चेतावनी दिएपछि सचिवालयका अन्य नेताहरूले प्रतिवाद गरेका थिए।

ओलीको भनाइमा पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा बादलले मात्रै समर्थन गरेका थिए।

नेता पोखरेलले यो विषयमा सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राखेको हुन्।

 

 


प्रतिकृया दिनुहोस्