Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज एमाले सचिवालय बैठक तनावपूर्ण : ४ उपाध्यक्षले मागे ओलीको राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ८ गते


Advertisement

८ जेठ, काठमाडौं । नेकपा एमालेको आज बसेको सचिवालय बैठक तनावपूर्ण बनेको छ।

बैठकमा पार्टीका चार उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि चर्काचर्की भएको स्रोतले जनाएको छ।

बैठकमा पाँच उपाध्यक्षले धारणा राखेका थिए। तीमध्ये रामबहादुर थापा ‘बादल’ बाहेक अन्य नेताहरूले पार्टी पुनर्गठन आवश्यक रहेको भन्दै नेतृत्व हस्तान्तरणको विषय उठाएका थिए।

स्रोतका अनुसार उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टी कमजोर बन्दै गएको भन्दै त्यसको नैतिक जिम्मेवारी अध्यक्ष ओलीले लिनुपर्ने धारणा राखेका थिए।

उनीहरूले ओलीले मार्गप्रशस्त गरेर नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने प्रस्ताव राखेका थिए भने बादलले ओलीको बचाउ गरेका थिए।

बैठकमा ओलीले भने राजीनामा नदिने स्पष्ट अडान लिँदै केही नेताले विरोधी शक्तिसँग मिलेर पार्टीलाई अस्थिर बनाउन खोजेको आरोप लगाएका थिए।

विवाद बढेपछि सचिवालय बैठक आजका लागि स्थगित गरिएको बताइएको छ।


प्रतिकृया दिनुहोस्