Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रविविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ८ गते


Advertisement

८ जेठ, काठमाडौं । कास्की अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश हिमलाल बेल्वासेको इजलासले आज निवेदकको माग बमोजिम हुने आदेश दिएको हो।

अब लामिछानेसहित पोखराको सूर्यदर्शन सहकारीको मुद्दाका प्रतिवादीहरूलाई सहकारी ठगीको मात्रै अभियोग कायम रहने भएको छ। रवि लामिछानेसँगै जीबि भन्ने गितेन्द्रबाबु राई, छविलाल जोशी लगायतको पनि अन्य मुद्दा फिर्ता हुनेछ।


प्रतिकृया दिनुहोस्