
८ जेठ, काठमाडौं । सुरकृष्ण वैद्य नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।
आज टेकुस्थिति महासंघको सचिवालयमा भएको मतदानबाट वैद्य वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
यसैगरी, आजै भएको मतदानबाट कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी भएका छन् । वैद्य र प्रधान, अध्यक्ष अञ्जन श्रेष्ठको प्यानलबाट चुनावी प्रतिस्पर्धामा रहेका थिए ।
निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको समेत सद्भाव लिएर वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा रहेका रामचन्द्र संघाई पराजित भएका छन् भने कोषाध्यक्षमा अम्विका पौडल पराजित भएका छन्।













