Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जेठ १४ गते सार्वजनिक बिदा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ८ गते


Advertisement

८ जेठ, काठमाडौं । सरकारले बकर ईद पर्वको अवसरमा यही १४ जेठका लागि सार्वजनिक बिदा हुने जनाएको छ।

१८ फागुन २०८२ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार १४ जेठमा बकर ईद पर्व परेको व्यहोरा उल्लेख गरिएको छ । सोही आधारमा उक्त दिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्