
८ जेठ, काठमाडौं । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा आज बिहान तालिम गर्दागर्दै ७ जना जवान बेहोस भएका छन्।
सशस्त्र प्रहरी जवान आधारभूत तालिमका प्रशिक्षार्थी तालिमका क्रममा बेहोस भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। बेहोस भएका ५ जनाको अवस्था गम्भीर छ।
उनीहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ। २ जनाको अवस्था भने सामान्य रहेको डीएसपी थापाले बताए ।













