
७ जेठ, काठमाडौं । प्रतिनिधिसभाबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री डा। वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।
प्रतिपक्ष दलहरूको विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन्।













