
७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई सदनदेखि एलर्जी भएको टिप्पणी गरेका छन्
प्रतिनिधिसभाको आजको बैठकमा उनले सरकार परम्परा भत्काउँछु भन्दै हिँडेको बताए ।
“प्रधानमन्त्रीले सदनलाई देखिनसहने, सदन भनेपछि एलर्जी नै हुने । सरकार परम्परा भत्काउँदै छु भन्दै व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको छ,” उनले भने,“अहिले क्रमभंगता शब्दमा सरकार रमाएको छ । अनि, त्यसमा सत्तारूढ दलका साथीहरू रफ्फू लगाउँदै हिँड्नुभएको छ ।”
उनले नीति तथा कार्यक्रममा सभामुखले साथ नदिँदा प्रधानमन्त्रीले सदनलाई नटेरेको पनि बताए । साथै, रास्वपाका प्रतिपक्षमा हुँदा नीलो स्कार्फ लगाउनु र अहिले श्रम संस्कृतिले पर्चा बोक्नु दुवै अर्मयादित भएको ठम्याइ प्रस्तुत गरे ।
“सम्माननीय सभामुख महोदय, त्यो पनि गलत थियो र अहिले पनि गलत र अर्मायदित भइरहेको छ भन्ने हाम्रो निष्कर्ष हो,” उनले भने ।
सदनको मर्यादा सभामुखले राख्नुपर्ने भनाइ उनको छ । “आज सदनमा जे भइरहेको छ, तपाईं सत्ताले छाती चौडा बनाएर दाबी र गर्व गर्दै ’हामीले क्रंमभंगता गरेका छौँ’ भन्दै हिँड्दाको नतिजा हो । जुन दिनसम्म संसदीय व्यवस्था र अभ्यासलाई ’अंकको दम्भले’ लल्कारिछ अनि सदन कसरी मर्यादित हुन्छ रु” उनले भने ।













