
६ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीले आज पनि सदनमा विरोध गरेको छ ।
बैठक सुरु भएलगत्तै श्रम संस्कृतिका सांसदले पर्चा लिएर विरोध गरेका हुन् । उनीहरूले बैठकमा पर्चाको नारा पढेर सुनाए ।
सभामुख डोलप्रसाद अर्यालले सभामा मर्यादा कायम गर्न आग्रह गरे । नियमावलीको नियम ३० बमोजिम आफ्नो क्रियापलाप र व्यवहार सच्याउन चेतावनी दिए ।













