Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथिको सुनुवाइ सकियो, निर्णय आउदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ५ गते


Advertisement

५ जेठ , काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथिको सुनुवाइ सकिएको छ।

संसदीय संसदीय समितिमा शर्मासँग छलफल गरेसँगै सुनुवाइ सकिएको हो। समितिले निर्णय दिन भने बाँकी छ।

संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशका लागि पारित भए संवैधानिक परिषद्ले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी छ।

शर्मालाई आज नै अथवा ढिलोमा पनि बुधबार बिहानसम्ममा प्रधानन्यायाधीश नियुक्ति गरेर सपथ गराउने सरकारको तयारी छ।

त्यही अनुसार संसदीय सुनुवाइ समितिले पनि विपक्षीहरुको असन्तुष्टिकाबिच एकै दिनमा सुनुवाइ टुंग्याएको हो। मंगलबार बिहानबाट बसेको समितिको बैठकले एकैदिन १६ वटा उजुरीमाथि छलफल, उजुरीकर्तासँग छलफल र प्रस्तावित प्रधानन्यायाधीशमाथि पनि छलफल गरेको हो।

सुनुवाइ समितिमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीकै बहुमत छ। संवैधानिक परिषद्बाट पनि उनी बहुमतबाटै प्रधानन्यायाधीशमा सिफारिस भएका हुन्। त्यही भएर उनी अस्वीकृत हुने सम्भावना कम छ। प्रधानन्यायाधीश भए शर्माले पूरै ६ वर्षे पदावधि काम गर्न पाउने छन् ।


प्रतिकृया दिनुहोस्