
५ जेठ, काठमाडौं । नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवापक्षय समूहले काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय खोलेका छ ।
कांग्रेसका युवा नेता कुन्दन काफ्लेले नियमित महाधिवेशन पक्षधर समूहको छलफल गर्ने थलोका रूपमा सम्पर्क कार्यालय स्थापना गरिएको बताएका छन् ।
आफूसहित जितजंग बस्नेत, गुरु बराल, भूपेन्द्रजंग शाही, भूपेन्द्र राई र विभिन्न जिल्लाका पार्टी सभापतिलगायत नेताको प्रयासमा सम्पर्क कार्यालय स्थापना गरिएको उनले बताए ।
कांग्रेसभित्र युवाको आकर्षण बढाउने हेतुले कार्यालय स्थापना गरिएको उनको भनाइ छ ।













