Skip

Hamro Sanchar

संसदमा जब विपक्षी सांसदले भने, अर्थमन्त्री नआई बोल्दिनँ…

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ५ गते


५ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा जारी प्रि–बजेट छलफलमा भाग लिन रोस्ट्रममा पुगेका नेकपा एमाले)का सांसद राजेन्द्र राईले अड्को थापे ।

उनको सर्त थियो अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधिसभामा बैठकमा उपस्थित भएपछि मात्र आफ्ना कुरा राख्ने ।

सभामुख डोलप्रसाद आर्यालले अर्थमन्त्री वाग्ले आउँदै गरेको र आफ्ना कुरा राख्दै गर्नका लागि गरेको अनुरोधलाई सांसद राईले अस्वीकार गरे ।

त्यसपछि सभामुखले ‘के गर्नुहुन्छ रु’ भनेर सोध्दा सांसद राई आफ्नो अडानमा बस्ने संकेत गरे । त्यसपछि सभामुख अर्यालले संसद बैठक १५ मिनेटको लागि स्थगित गरे ।

त्यसअघि रास्वपाकै सांसद अमरेशकुमार सिंहले पनि प्रि–बजेट छलफलमा अर्थमन्त्रीबिना छलफल भएको २० वर्षमा पहिलोपटक देखेको भन्दै आफ्ना भनाइ रेकर्डमा रहोस् भनेर बालेका थिए ।


प्रतिकृया दिनुहोस्