Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रास्वपा उपनेता गणेश पराजुलीले संसद्‌मा किन मागे माफी ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ४ गते


Advertisement

४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका उपनेता गणेश पराजुलीले संसद्‌मै माफी मागेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले माफी मागेका हुन् ।

“केही दिनअगाडि यो सम्मानित सदनबाट मैले सम्बोधन गर्दैगर्दा मबाट भावसहित प्रस्तुत भएका केही शब्दप्रति आपत्ति जनाइएको थियो । उक्त शब्दहरूलाई असंसदीय र अशिष्ट भनेर यो संसद्‌बाट हटाउन माग भएबमोजीम सभामुखज्यूले हटाउने आदेश गरिसक्नुभएको छ,” पराजुलीले भने ।
उनले अगाडि थपे, ”सम्मानीय सभामुखज्यूको त्यो आदेशलाई उच्च सम्मान गर्दै यही प्रतिनिधिसभा नियमावली मस्यौदाको सभापतिको हैसियतले आफ्ना कारणले आफूले उच्चारण गरेका शब्दका कारण आम जनतामा पर्न गएको त्यो असर त्यसले पारेको दुःखप्रति म गहिरो दुख व्यक्त गर्दै क्षमा याचना गर्न चाहुन्छु ।”

यसअघि गत २९ वैशाखको बैठकमा उनले बोल्ने क्रममा ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो’ भन्ने शब्द बोलेका थिए ।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।


प्रतिकृया दिनुहोस्