Skip

Hamro Sanchar

संसदमा श्रम संस्कृति पार्टीको  बिरोध,  सभामुख अर्यालकाे आदेश  : प्ले कार्ड र पर्चा नदेखाउनु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ४ गते


४ जेठ , काठमाडौं । आज प्रतिनिधिसभा बैठकको प्रारम्भमै विरोध प्रदर्शन  भएको  छ।

बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका सांसदहरू आफ्ना सिटबाट उठेर सभामुखको आसनतर्फ अघि बढ्दै विरोध जनाएका हुन्।

सभामुख डोल प्रसाद अर्यालले बैठक प्रारम्भ गर्नेबित्तिकै उक्त दलका सांसदहरू पर्चा बोकेर अगाडि उभिएका थिए।

उनीहरूले सभामुखको आसन नजिकै उभिएर सरकारविरुद्ध असन्तुष्टि प्रकट गरेका थिए।

उनीहरूको हातमा रहेका पर्चामा “प्रधानमन्त्री जवाफदेही बनेको खोइ ?” भन्ने प्रश्न समेटिएको थियो। संसदभित्रै उनीहरूले सरकारको उत्तरदायित्वप्रति प्रश्न उठाउँदै ध्यानाकर्षण गराएका थिए।

साेहि क्रममा सभामुख डोलप्रसाद अर्यालले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउन आदेश दिएका थिए ।

बैठकमा श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध गरेपछि अर्यालले यस्तो आदेश दिएका हुन् ।

उनीहरूले सुरुमा प्ले कार्ड सभामुखलाई अगाडि गएर देखाए । त्यसपछि छातीमा पर्चा टाँसेर सभाको बैठकमा सहभागी भएका थिए ।

यसक्रममा सभामुखले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्मा नदेखाउन आदेश गरेका हुन्।

प्रतिनिधिसभा बैठक शान्त रूपमा अघि बढ्न नपाउँदै भएको यो विरोधले केहीबेर वातावरण तनावपूर्ण बनेको थियो।

 

 


प्रतिकृया दिनुहोस्