Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

संविधान संशोधनबारे कांग्रेसलाई जेनजी र विज्ञले यस्तो दिए सुझाव !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ३ गते


Advertisement

३ जेठ, काठमाडौँ। नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा विज्ञ तथा जेनजीहरुसँग सुझाव संकलन गरेको छ।

कांग्रेसले पार्टी कार्यालय सानेपामा आज संविधान संशोधनका विषयमा विज्ञ तथा जेनजीहरुसँग छलफल गरेको हो।

कांग्रेस सभापति गगन थापाले हरेक कुरामा सरकार एकतर्फी ढंगले अगाडि बढिरहेको अवस्थामा संविधान संशोधनका विषयमा भने प्राप्त उपलब्धि गुमाउने हिसाबको प्रस्ताव आए कांग्रेसलाई मान्य नहुने बताए।

सभापति थापाले सुशासनका सम्बन्धमा धेरै कुरा संशोधन गर्नुपर्ने भन्दै प्रदेशलाई अधिकार सम्पन्न्न बनाउन नसक्दा कमजोर बनेको बताए।

थापाका अनुसार समावेशिता र सहभागिताको कुरामा कांग्रेसले छलफल गरिरहेको छ। उनले न्यायालयका विषयमा पनि धेरै कुरा संविधानमा छुटेकाले कांग्रेस छलफल गर्न तयार रहेको बताए।

राजनीतिशास्त्री प्रा। कृष्ण खनालले संविधानका विषयमा सबैको धारणा साझा हुनुपर्ने बताए। उनले प्रदेश र स्थानीय चुनावपछि संविधान संशोधनको अझ धेरै छलफल हुने बताए।

खनालले समानुपातिकलाई २० प्रतिशतभन्दा बढी नचाहिने भन्दै एक सय १० बाट तल झार्न सुझाव दिए। उनले संवैधानिक परिषद् बेकामे भएको भन्दै यसलाई फाल्नुपर्ने बताए।

संवैधानिक परिषद्लाई नियुक्ति प्रक्रियाले निकम्मा बनाएको आरोप उनले लगाए।

छलफलकै क्रममा जेनजी अगुवा मजित अन्सारीले अनुसूचीमा भएका केही बुँदाहरूले संविधानमा प्रदेशलाई निकम्मा बनाएको बताए। धेरै कुरामा संविधान मौन रहेका कारण बाधा आइपर्ने भएकाले त्यसलाई फुकाएर संशोधन गरेर अघि बढ्नुपर्ने सुझाव उनको छ ।


प्रतिकृया दिनुहोस्