Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

संयोजक दाहाल भन्छन् : प्रधानमन्त्री बालेन शाहको नियत राम्रो छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ३ गते


Advertisement

३ जेठ, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्री बालेनद्र साहको नियत राम्रो नभएको आरोप लगाएका छन्।

आज बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै उनले अध्यादेश ल्याउनेदेखि सबै हिसाबले शाहको नियत राम्रो नदेखिएको बताएका हुन्।

दाहालले अहिले देशको राजनीति र सरकार सही ट्र्याकमा अगाडि नबढेको पनि बताएका छन् ।

साथै सरकारमाथि विभिन्न खालका संशय र प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने बताए ।

उनले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र यसको परिमार्जनको निम्ति आफ्नो ठाउँबाट सरकारले राम्रो काम गर्दा रचनात्मक ढङ्गले सहयोग गर्ने बताए।

सुरुमा मोटामोटी कयौँ कुरा ठिकै छन् पनि भनेको हो । तर जब सरकारका अनेक गतिविधि अगाडि बढ्न थाले, समर्थन गर्न सकिने केही पनि नदेखिएको उनको भनाइ छ ।

 


प्रतिकृया दिनुहोस्