Skip

Hamro Sanchar

रास्वपाको वडा अधिवेशन आज

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ३ गते


३ जेठ,काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन गर्दै छ ।

गत २० वैशाख अघि तदर्थ समिति गठन भएका करिब १५ सय वडाको अधिवेशन आज गर्न लागिएको हो ।

संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार करिब ३ हजार वडामा तदर्थ समिति बनिसकेको छ । जसमध्ये ५० प्रतिशतको अधिवेशन चुनाव अघि र पछि गरेर सकिएको छ ।

तदर्थ समिति बनेका तर वडा अधिवेशन हुन नसकेका बाँकी वडाको अधिवेशन आज हुनेछ ।

रास्वपाले वडा अधिवेशन दुई चरणमा गर्ने निर्णय गरेको थियो । जसअनुसार ३ जेठभित्र गठन भएका तदर्थ समितिका वडामा भने १६ जेठमा अधिवेशन गर्ने तयारी गरेको छ ।

रास्वपाले सबै तहको अधिवेशन गरेर आगामी ७ देखि ९ असारसम्म चितवनमा महाधिवेशन गर्दै छ ।


प्रतिकृया दिनुहोस्