Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दासढुंगाको ३३ वर्ष : ओली भन्छन्, मदन-आश्रितको अभाव झन् गहिरियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ३ गते


Advertisement

३ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औं स्मृति दिवसका अवसरमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

आजभन्दा ३३ वर्षअघि दासढुंगामा भएको रहस्यमय घटनामा दुई जननेता गुमाएको स्मरण गर्दै ओलीले उनिहरूको योगदानको चर्चा गरेका छन्।

ओलीले आफ्नो फेसबुक स्टाटसमार्फत मदन भण्डारीलाई आफ्नो नेता, साथी र सहयोद्धाका रूपमा सम्झँदै, उनको अभाव समय बित्दै जाँदा झन् गहिरिँदै गएको उल्लेख गरेका छन्।

जीवराज आश्रितलाई कुशल संगठकका रूपमा स्मरण गरिएको छ। उनले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादु (जबज)लाई युगानुकूल विचार र परिवर्तनको मार्गचित्रका रूपमा व्याख्या गरेका छन्।

ओलीका अनुसार, जबजको वैचारिक विरासतले समृद्ध नेपाल, सुखी नेपालीुको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानलाई अघि बढाएको छ ।

 


प्रतिकृया दिनुहोस्