Skip

Hamro Sanchar

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ३ गते


३ जेठ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दै छ ।

पार्टी सभापति गगन थापाको उपस्थितिमा बैठक बस्ने नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजे बैठक बस्ने उनको भनाइ छ ।

यसअघि बैशाख २३ गते बसेको प्रतिष्ठानको पहिलो बैठकले सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ आयोजना गर्ने निर्णय गरेको थियो ।


प्रतिकृया दिनुहोस्