Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुर्खेत पुगेर खड्काले भने : कांग्रेस फुट्को सङ्घारमा छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २ गते


Advertisement

२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवहाक सभापति पूर्णबहादुर खड्काले
कांग्रेस फुट्को सङ्घारमा रहेको बताएका छन्।

नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै पूर्वकार्यबहाक सभापति खड्काले पार्टी विभाजनको डिलमा रहेको बताएका हुन्।

साथै खड्काले गगन थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको आरोप लगाएका छन्।

आफूसँग भेट गर्न आएका बेला सिंगो पार्टीको सभापति बन्न आग्रह गरेको उल्लेख गर्दै अहिले पनि पार्टी सभापति थापा सानेपाको मात्रै सभापति रहेको खड्काको भनाइ थियो।

उनले तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालाका कारणले पार्टी फुटेको र उनकै कारणले पार्टी एकीकरण भएको बताउँदै अहिले पनि पार्टी फुटाउने वा जुटाउने सम्पूर्ण हात सभापति थापासँग रहेको बताए।

अदालतले जिताएपछि आफूहरूले पनि सभापति मानेको उल्लेख गरे। भेटमा थापालाई सिंगो कांग्रेसको सभापति बन्न सुझाव दिएको उनले बताए।

पूर्वकार्यवहाक सभापति खड्काले विशेष महाधिवेशनका कारणले कांग्रेस प्रतिनिधि सभाको निर्वाचनमा खुम्चिएको जिकिर गरेका छन्।

 


प्रतिकृया दिनुहोस्