Skip

Hamro Sanchar

एमाले सचिवालय बैठक आज, यस्ता छन् एजेन्डा !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २ गते


२ जेठ, काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।

दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बस्ने बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुनेछ ।

बैठकमा कार्यविभाजन, गत निर्वाचनको समीक्षालगायत छलफल हुन सक्ने एक नेताले जानकारी दिए ।

पछिल्लो समय प्रदेश सरकारको समीकरण हेरफेरका बारेमा पनि कांग्रेस र एमालेबीच छलफल जारी छ ।

सत्ता समीकरणका लागि दुई दलबीचको सहमति कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने तयारी भइरहँदा सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुन सक्ने ती नेताले बताए ।

एमाले अध्यक्ष ओलीको गिरफ्तारीपछि पहिलोपटक एमालेको सचिवालय बैठक बस्न लागेको हो ।


प्रतिकृया दिनुहोस्