Skip

Hamro Sanchar

तोलामा ४ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १ गते


१ जेठ, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

आज बजारमा सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार उक्त परिणामको सुन तीन लाख दुई हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला पाँच हजार ३९० रुपैयाँमा किनबेच भएको छ । बिहीबार सोही परिणामको सुन ५ हजार ७४५ रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो ।


प्रतिकृया दिनुहोस्